घरभित्रै आएर युवकको हत्या

ओखलढुंगा,०६ भदौ  । ओखलढुंगामा एक अज्ञात समुहले ओखलढुंगाको मोलुंग गाउँपालिका वडा न। ३२९ वर्षीय सन्तोष कार्कीको हत्या गरेको छ । कोही नभएको अवस्थामा घर भित्रै पसेर धारिलो हतियार प्रयोग गरेर कार्कीको हत्या गरिएको हो ।

मंगलबार साँझ घरको कोठामा रगतले लत्पतिएको अवस्थामा कार्कीको शव फेला परेको स्थानीयले बताएका छन् । कार्कीको शव पोष्टमार्टम गर्न रुम्जाटार अस्पताल पठाउने तयारी भइरहेको प्रहरी जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.