काठमाडौँ,०६ भदौ । मोटरसाइकल चोरी गरिरहेका दुइ जना रुंगेहात पक्राउ परेका छन ।
काठमाडौं सीतापाइला स्थीत एक घर अगाडि पार्किङ गरी राखेको बा।३६ प ८५३२ नम्वरको मोटरसाइकल गएराति चोरी गर्दा गर्दै महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट गस्तीमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखा मसेल गाउँपालिका–३ घर भएका १९ वर्षीय रामबहादुर मगराती र गोरखा नगरपालिका ७ घर भएका २० वर्षीय ईश्वर श्रीमल रहेका छन ।
उनीहरुमाथि चोरी मुद्दामा कार्वाही अगाडि बढिरहेको प्रहरीले जनाएको छ ।