हात्ती धपाउन खोज्दा करेन्ट लागेर मृत्यु

झापा,०६भदौ । झापामा हात्ती धपाउने क्रममा एक जनाकको मृत्यु भएको छ ।झापाको उत्तर बाहुनडाँगीमा हात्ती धपाउने क्रममा करेन्ट लागेर बुधवार बिहान एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराज रहेको प्रहरीले जनाएको छ ।

हात्ती धपाउन गएका गहतराज को शव खेतमा भेटिएको हो ।

Leave a Reply

Your email address will not be published.