काठमाडौँ, ६ भदौ – गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ । चौरासी वर्षीय न्यौपानेको उच्च रक्तचापका कारण निधन भएको हो ।
पूर्व प्रधानसम्पादक न्यौपानेको आज बिहान ४ बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको उनका भतिजा सन्तोष न्यौपानेले जानकारी दिए ।
न्यौपानेले गोरखापत्र संस्थानमा करीब तीन दशक विभिन्न पदमा रहेर काम गरेका थिए । पछिल्लो समय उनी साप्ताहिक जनसत्ताका प्रधानसम्पादक थिए । न्यौपानेका दुई श्रीमती, तीन छोरी र दुई छोरा रहेका छन् । उनको आज आर्यघाटमा दाहसंस्कार गरिदै छ ।