प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृहजिल्लामा

झापा,०६भदौ । प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक आफ्नो गृहजिल्ला झापामा आइपुगेका छन् । बुधबार कमल गाउँपालिका र गौरादहमा उनको नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्ने छन् । उनले गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओली बुधबार नै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published.