यस्तो बनेर आयो ‘कथा काठमाण्डु’ को ‘धुलोमाण्डु’ गीत

काठमाडौं, ६ भदौ । समाजमा घट्ने विभिन्न सामाजिक समस्या अझ भनौ काठमाडौं समस्यालार्इ उजागर गर्दै तयार पारिएको फिल्म ‘कथा काठमाण्डु’को ‘धुलोमाण्डु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा बुलेट फ्लो र हाँस्य कलाकार हरिवंश आचार्यको स्वर छ । गीतमा काठमाडौंको दैनिकीलाई प्रस्तुत गरिएको छ ।

संगीता श्रेष्ठको लेखन तथा निर्देशन रहेको यस फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रमोद अग्रहरि, प्रेक्षा अधिकारीको मुख्य अभिनय रहेको छ । फिल्मले काठमाडौं भित्रको ३ फरक फरक पात्रको कथालाई पर्दामा प्रस्तुत गर्नेछ ।

Leave a Reply

Your email address will not be published.