रोनाल्डो आफ्नी प्रेमीका र छोरी सँग

 युरोपियन च्याम्पियन रियल मड्रिडबाट ३३ वर्षका रोनाल्डोलाई ११२ मिलियन युरो तिरेर ल्याएपछि युभेन्टसको फ्यान फलोइङ्ग बढेको छ ।

रोनाल्डोले सिरी ए को डेब्यु खेलमा गोल गर्न सकेनन् । तर उनले परम्परागत खेलमा भने गोल गरेका थिए । रोनाल्डोले आफ्नो प्रभाव सिरी ए मा पार्ने तयारी गरिरहेका छन् भने युभेन्टस फ्यानले उनीबाट धेरै आश गरिरहेका छन् ।

रोनाल्डोले युभेन्टसप्रतिको आफ्नो स्नेह र लगावफेरि देखाउँदै आएका छन् विभिन्न तरिकाले ।

रोनाल्डोले पछिल्लो पटक एउटा तस्बिर सेयर गरेका छन् । जसले युभेन्टस प्रेमलाई संकेत गर्छ । त्यसमा रोनाल्डो र उनीकी प्रेमिका तथा तीन छोरा र एक छोरीले युभेन्टसको जर्सी लगाएका छन् ।

रोनाल्डो र उनकी प्रेमिका जोर्गिना रोड्रिग्वेजले कालो रंगको अवे जर्सी लगाएका छन् । यस्तै तीन छोरा र एक छोरीले युभेन्टसको चर्चित कालो–सेतो चेक भएको जर्सी लगाएका छन् ।

Leave a Reply

Your email address will not be published.