युरोपबाट फर्किएपछि ‘कस्तो आयो जमाना’ लिएर आए नविन

काठमाडौं, ६ भदौ । समाजको यथार्थतालार्इ गीतमा उतार्न सिपालु गायक नविन पौडेलले पछिल्लो समयमा अर्को गीत बजारमा ल्याएका छन् ।

‘आफ्नै मान्छे जहिले नि टा–टाढा बन्ने, बुटवल तिरै भएनी धरान छु भन्ने दुनियाँलार्इ चाहिनी, कस्तो आयो मोबाइलको जमाना पनि जेबोल्ननी पाइनी, कस्तो आयो ईन्टरनेटको जमाना पनि जे हेर्न नि पाइनी,’ ‘कस्तो आयो जमाना’ बोलको गीतमार्फत यथार्थता पस्किन खोजिएको छ ।

आधुनिकता र प्रविधिमा भैरहेको विकासले समाजलाई कति असर गरेको छ र कति सपोर्ट गरेको छ भन्ने कुरा गीतमा दर्साइएको छ । त्यसो त नवीन समयसापेक्ष र यथार्थपरक गीतका पर्याय नै हुन् ।

यसअघि ‘फुलेको तोरीलार्इ बैँश आकी छोरीलार्इ जोगाउनै गाह्रो’ बजारमा ल्याएर निक्कै नै सफलता हासिल गरेका पौडेलको यो ‘कस्तो आयो जमाना’ बोलको गीत तीजको अवसरमा निकालिएको हो ।

यस गीतमा नविन पौडेल र कोपिला गौतमको स्वर सुन्न सकिन्छ । शब्द संगीत स्वयम् नवीन पौडेलको रहेको छ भने म्यूजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

नवमोडल रविन्द्र पन्त र रिना थापामगरले अभिनय गरेको भिडियो पदम सुवेदीले सम्पादन गरेका हुन् । यो गीतलार्इ रक्षा म्यूजिकले बजार व्यवस्थापन गरेको छ ।

नवीनका सबैजसो गीतहरु युट्युबमा हेर्न सकिन्छ । पौडेल प्रस्तोता समाज नेपालका कार्यसमिति सदस्य, अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपालका उपाध्यक्ष समेत हुन् । स्टेज प्रस्तुतिमा निक्कै नै अब्बल नवीन भर्खर युरोपको साङ्गीतिक कार्यक्रम सकेर नेपाल फर्किएका हुन् ।

Leave a Reply

Your email address will not be published.