स्वास्थ्यचौकीका कार्यालय सहयोगीको हत्या

दार्चुला,०५ भदौ । दार्चुलाको मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ठगुन्नाको घरमै हत्या भएको हो ।

ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले लुटेर लगेको स्थानीयले बताएका छन । घरमा एक्लै सुतिरहेका अवस्थामा उनको हत्या गरिएको छ । उनको टाउकोमा घाउ छ । ठगुन्नाका श्रीमती र छोरा तराइतिर बस्दै आएका छन् ।

घरमा पठाउनका लागि जम्मा गरेको रु १० लाखकै कारण ठगुन्नाको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, इलाका प्रहरी कार्यालय लटिनाथ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।

Leave a Reply

Your email address will not be published.