वासिङटन, ६ भदौ । फेसबुकले गएराति अबेरसम्ममा रुस र इरानमा भएको ६५२ वटा फेक अकाउन्ट र पेजलाई डिलिट गरेको छ । पहिल्यै देखि फेसबुकलाई शंका लागिरहरेको थियो कि ती फेसबुक अकाउन्ट र पेजबाट अमेरिका, युके, मिडल इष्ट र ल्याटिन अमेरिकाको राजनीतिमा खैलाबैला मच्चाउने कुराहरु पोष्ट हुँदे आएको थियो ।
फेसबुकका अनुसार सो अकाउन्ट र पेजबाट बेग्ला बेग्लै अभियान चलाउँदै आएका थिए । जहाँ तीन वटा अभियान भने इरानबाट चलाइएको थियो । यता फेसबुकको सिइओ मार्क जुकवर्गले बताए छनु, ‘साइबर सेक्युरिटी यस्तो मुद्धा हो कि जसको समाधान कहिल्यै पूरा हुदैन । अहिले हामी लगातार यसको बेष्ट बनाउन कोसिस गरिरहेका छौं ।’
इरानबाट चलाइएको अकाउन्टहरुबाट लिबर्टी फ्रन्ट प्रेस अभियान चलाइएको थियोः
फेसबुकका अनुसार इरानबाट चलाइएको एक फेक अकाउन्टबाट लिबर्टी फ्रन्ट प्रेस अभियान चलेको थियो । यसमा इरानी मिडियाहरुको पनि समर्थन रहेको जानकारीमा आएको छ । अन्य तीन अभियानहरु फेकफेसबुक र इन्टाग्राममा भेटिएको थियो, जहाँ मिडल इष्ट, युके, युएस र ल्याटिन अमेरिकाको राजनीति बिरुद्ध कन्टेन्ट पोष्ट गरिएको छ ।
जहाँ केही अकाउन्टहरु २०१३ बाट चलाइएको थियो । यो पेजलाई १.५५ लाखले फलो गरिरहरेका थिए । त्यस्तै एक फेसबुक पेज र इन्टाग्राम अकाउन्टमा बिज्ञापनको लागि २०१८ मा ६ हजार डलर खर्च गरिएको छ ।
अमेरिका विरोधी सन्देशहरुलाई प्रोमोट गरिएको थियोः
फेसबुक पेजको माध्यमबाट चलाइएको अभियानलाई नजर गर्दै आएको साइबर सेक्युरिटी कम्पनी फायरआईले बताए अनुसार फेसबुकको फेक अकाउन्ट र पेज एन्टि साउदी, एन्टि इजरायल, एन्टि फिलस्तिन थिममा आधारित रहेको छ । जहाँ इरानका राजनीतिक इन्ट्रस्टलाई मानिएको छ ।