लन्डनको किंग्सबरी स्टेशनमा गोली प्रहार

सोमबार राति अन्दाजी ९:४५ मा उत्तरी लन्डनस्थित किंग्सबरी भूमिगत रेल्वे स्टेशनमा गोली प्रहार बाट ३ जना व्यक्ति  घाइते भएको समाचार प्राप्त भएको छ ।

लन्डनको महानगरीय पुलिसका अनुसार घाइते मध्ये कोहि पनि गम्भीर अवस्थामा छैनन् र यस लाइ कुनै आतंककारी क्रियाकलाप को रुप मा लिइएको छैन । घाइतेलाई तुरुन्तै उपचारका लागि अस्पताल तर्फ लागिएको थियो ।

महानगरीय पुलिस प्रवक्ताका अनुसार सोमबार बेलुका करिब ९:४५ मा किंग्सबरी रोडमा गोलीबारीको घटना भएको सूचना प्राप्त हुने बित्तिक्कै एम्बुलेन्स सेवालाई सतर्क अवस्थामा राखिएको थियो ।

स्थानीय सडक आवागमनको लागि निषेध गरिएको तर कसैलाई पनि गिरफ्तार नगरिएको पुलिसको भनाइ रहेको छ । लन्डन एम्बुलेन्स सेवाले पनि ३ जना घाइते लाइ अस्पतालतर्फ लगिएको जनाएको छ ।

लन्डन एम्बुलेन्सका प्रबक्ता ले आफु हरु लाइ सुचना प्राप्त हुनासाथ लन्डन एयर एम्बुलेन्स सहित अन्य श्रोत हरु को तुरुन्त बन्दोबस्त गरिएको जनाएका छन् । जुबिली लाइनको किंग्सबरी भूमिगत रेल्वे स्टेसन बन्द गरिएको र स्टेशन बाहिर ब्यापक खोजतलास शुरु भएको ट्राभल फर लन्डन को वेब साइत मा उल्लेख गरिएको छ ।

यो घटना पश्चिमी लन्डन को केंनेट वेस्ट स्किल सेन्टर मा गोलीबारी भएको एक घण्टा पछि भएको ब्रिटिश अखवार डेली मेल ले बताएको छ । यो घटना मा कोहि पनि घाइते भएका छैनन् र कसैलाई पनि गिरफ्तार समेत नगरिनु का साथै यी घटना हरु के संग सम्बन्धित छन् भन्ने एकिन गर्न अहिल्यै नसकिने पुलिस को भनाइ छ ।

Leave a Reply

Your email address will not be published.