भेनेजुएलामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १ मिनेटसम्म धक्का महसुस

काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सीहरुका अनुसार भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो भुकम्पलाई अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको मापन गरेका छन् तर भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६३ म्याग्निच्युडको मात्रै भूकम्पको गएको बताएका छन् ।

धक्का १ मिनेटसम्म महसुस भएको थियो । काराकासमा रहेका पत्रकार स्टेफन पोजबनले कम्तीमा १ मिनेटसम्म भूकम्पको धक्का महसुस भएको सीएननलाई बताएका छन् ।

भूकम्पको धक्काले भागदौड मच्चिए पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण आउँन बाँकीनै रहेकोे बताइएको छ । सरकारी अधिकारीहरुले सुनामीको खतरा समेत नरहेको औंल्याएका छन् । यो राष्ट्र महामहँगीको चपेटामासमेत परीरहेको छ ।

Leave a Reply

Your email address will not be published.