चीन सरकारले पाकिस्तानको ग्वादरमा काम गर्न जाने नागरिकहरुलाई व्यवस्थापन गर्नको लागि अलग्गै शहर बनाउन गइरहेको छ । जहाँ चीनिया नागरिक मात्र रहनेछन् । स्मरणीय कुरा पाकिस्तानको ग्वादर बन्दरगाह चीनले सन २०१५ मा ४३ बर्षको लागि लिजमा लिएको हो ।
पाकिस्तानको ग्वादरमा करिब १५ करोड अमेरिकी डलरको लागतमा बन्न लागेको यो बस्ती चीन-पाकिस्तानको आर्थिक करिडोर (सिपिइसि)को हिस्सा हुनेछ । दक्षिण एसियामा चीनको आफ्नो यो पहिलो बस्ती हुनेछ संसार को जुनसुकै देशमा गएर बसे पनि सामुहिक रुपमा बसोबास गर्ने चिनिया जनताहरुको बिशेषता रहदै आएको छ ।
इकोनोमिक टाइम्सका अनुसार सन् २०२२ सम्ममा तयार हुने यो बस्तिमा करिब ५ लाख चीनिया नागरिकलाई व्यवस्थापन गर्न घरहरु निर्माण गरिनेछ । पाकिस्तानको बन्दरगाह ग्वादरमा चीनले कयौं वित्तिय जिल्ला बनाउने योजना बनाएको छ । जहाँ चीनिया कामदारहरुलाई बस्नको लागि सो शहर बनाउन लागिएको हो ।
चीन-पाकिस्तान इन्भेष्टमेन्ट कर्पोरेशनले ग्वादरमा ३६ लाख वर्गफुट जग्गा किनेको छ । जहाँ चीनिया नागरिकहरु बस्नको लागि बस्ती बसालिदैछ । चीनले पाकिस्तानको पाइपलाइन, रेलवे, हाइवे, मोबाइल नेटवोर्क, पावर प्लान्ट, लगायतमा भारी मात्रामा लगानी गर्ने भएको छ ।
बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) चिनिया सोच, तदारुकता र लगानीको यो प्रिथ्वीको अहिले सम्मको सबैभन्दा ब्रिहत् परीयोजना मानिछ । यो परियोजना अन्तर्गत चीनले सिन्जियाङ देखी पाकिस्तानको ग्वादर सम्म रेल्वे लाइन बनाउने छ । जसको कारण चीनको पहुँच अरबको सागरसम्म हुनेछ । यो परियोजना पाकिस्तानी कश्मिर हुँदै जानेछ, यसै कारण पनि भारतले यसको बिरोध गरिरहेको हो ।
गत वर्ष बेइजिङमा भएको शिखर सममेलनको ‘वान वेल्ट वान रोड’ परियोजनाको आयोजना अघि सारिएको थियो । जहाँ अमेरिका र जापान लगायत केही एसियाली राष्ट्रहरुले उपस्थिती जनाएका थिए । तर भारतले क्षेत्रीय अखण्डतालाई हवाला दिदै सो शिखर सम्मेलनलाई बहिस्कार गरेको थियो । – एजेन्सी