पूर्वराजदूत झा हत्या प्रकरण, तीन जनालाई पाँच दिन थुनामा राख्न अदालतले आदेश

काठमाडौं, ६ भदौ । पूर्वराजदूत केशव झाको हत्या अनुसन्धानका लागि नियन्त्रणमा लिइएका तीन जनालाई पाँच दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

सोमबार बिहान बबरमहलस्थित आफ्नै निवासमा झा मृत भेटिएका थिए । प्रहरीले उनको मृत्यु शंकास्पद रहेको भन्दै हत्या भएको बताउँदै आएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ परेकालाई अनुसन्धानका लागि मंगलबार पाँच दिन थुनामा राख्न भन्दै म्याद थपको आदेश दिएको छ ।

प्रहरीले झाकै घरमा सुरक्षा गार्डको काम गर्दै आएका सानु तामाङ र दुई जना मालीलाई अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको छ । यो खबर आजको राजधानि दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.