३३ किलो सुन र शाक्य हत्याकाण्डः धरौटी र साधारण तारेखमा रिहा भएका दुईलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश

विराटनगर, ६ भदौ । उच्च अदालत विराटनगरले सनम शाक्य हत्या र ३३ किलो सुन काण्डमा पक्राउ परेका मध्ये धरौटी र साधारण तारेखमा रिहा भएका दुई जनालाई पनि गत मंगलबार थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ ।

उच्च अदालत विराटनगरका सूचना अधिकारी राजकुमार दाहालका अनुसार उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेल र साधुराम सापकोटाको संयुक्त इजलासले ०७५ जेठ ८ गते भएको आदेश बेरितको देखिएकाले उनीहरुलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो ।

उच्च अदालत विराटनगरमा आज भएको बहसपपछि जिल्ला अदालत मोरङबाट निलम्बित एसएसपी श्यामबहादुर खत्रीका चालक विष्णुबहादुर खड्कालाई १५ हजार रुपैया धरौटी र सुरक्षा गार्ड अम्बरबहादुर थापामगरलाई साधारण तारेखमा रिहा गर्न दिएको आदेश बेरितको भएकाले बदर गरेको हो ।

Leave a Reply

Your email address will not be published.