काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबुकमार्फत नकारात्मक टिप्पणी गर्ने एक कर्मचारी पक्राउ परेका छन् । प्रधानमन्त्री ओलीको टाउको बाँदरको शरीरसँग जोडिएको फोटो फेसबुकमा सेयर गर्ने होमनाथ सिग्देललाई प्रहरीले काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो ।
भक्तपुर, सुर्यविनायक नपा–३ घर भएका होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । सिग्देल काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव हुन् ।
यसरी सामाजिक सञ्जालको दुरुपयोग गरी अर्कोको तस्बिर वा अन्य कुनै कार्टुन प्रयोग गरी चरित्र हत्या गर्नेलार्इ विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गरेको अभियोगमा एक लाख जरिवाना तथा पाँच वर्ष कैद हुने कानुनी व्यवस्था छ। थप अनुसनधान भइरहेको महाशाखाले जनाएको छ ।