काठमाण्डौँ,०५भदौ । नेकपाका सांसद महेश बस्नेतले अर्थ समितिको बैठकमा बोल्दै हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। ठूला नोटको प्रतिबन्ध लगाउने वित्तिकै आफैं सम्पत्ति शुद्धिकरण निवारण हुने उनले दावी गरेका छन ।
ठूलो समस्याको रुपमा रहेका सम्पत्ति शुद्धिकरणको समाधानका लागी ठूला नोटको प्रतिबन्ध गरेर नयाँ नोट प्रचलनमा ल्याउनुपर्नेमा उनले जोड दिएका छन ।भारतले जस्तै निश्चित समयका लागि नोट प्रतिबन्ध गरेजस्तै नेपालले पनि त्यस्तै गर्नुपर्ने बताएका छन ।