विदेशी कामदारहरुको लागी मोबाइल एप्लिकेसन सार्वजनिक

काठमाण्डोँ,०५ भदौ । विश्व शिक्षा संस्थाले वैदेशिक रोजगारीमा गएका कामदारको आयस्रोत बचत गर्नमा सहयोग गर्ने उद्देश्यले प्रवासीको साथ मोवाइल एप्लिकेसन सार्वजानिक गरेको छ। रोजगारीको खोजीमा विभिन्न देशमा पुगेका नेपाली युवाको आर्थिक बचत लगायतका विषयमा सहयोग गर्न एप्लिकेसन सञ्चालनमा ल्याएको संस्थाले जनाएको छ।

वैदेशिक रोजगारीमा कार्यरत र जाने तयारीमा रहेका युवाले एप्लिकेसनमार्फत आर्थिक विश्लेषण, विदेशबाट आफ्नो कमाइ कसरी बचत गर्ने, रोजगारीका क्रममा हुने आर्थिक शोषणबाट कसरी बच्ने र विदेश जाँदा लाग्ने खर्चका विषयमा उल्लेख गरिएको संस्थाले जानकारी दिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले आफ्नो कमाइ कसरी बचत गर्ने र रोजगारीका क्रममा हुने आर्थिक शोषणबाट बच्ने सूचना एप्लिकेसनमा समावेश गरिएको संस्थाका नेपाल प्रमुख रोपश्रीले बताइन्। एप्लिकेसनमा मेनपावर कम्पनी, स्वास्थ्य संस्था र वैदेशिक रोजगारीमा जाने देशका विषयमा उल्लेख गरिएको छ।

एप्लिकेशनको प्रयोग नेपाली र अंग्रजी दुवै भाषामार्फत प्रयोग गर्न सकिने संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published.