काठमाण्डौँ,०५ भदौ । नेपालमा रेमिट्यान्स ८.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आप्रवाहमा ८ दशमलव ६ प्रतिशतले वृद्धि भएको बताएको हो ।
बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले संसदको अर्थ समितिलाई रेमिट्यान्स बृद्ध्ी भएको बताउदै राष्ट्र बैंकको हालको काम कारवाही, भावी योजना र प्राथमिकताबारे जानकारी गराएका छन ।
राष्ट्र बैँकका अनुसार आर्थिक वर्ष २०७३/७४ को तुलनामा आर्थिक वर्षमा २०७४र७५ मा ८.६ प्रतिशतले वृद्धि भई ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
यसैगरी अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा समेत वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष १० अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको चालू खाता घाटा आर्थिक वर्ष २०७४/७५ मा २ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष ८२ अर्ब ११ करोडले बचतमा रहेको समग्र शोधनान्तर स्थिति गत आर्थिक वर्षमा ९६ करोड रुपैयाँ मात्र बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रसँग कूल विदेशी विनिमय ११ खर्ब २ अर्ब ५९ करोड सञ्चिती रहेको छ ।
संसदको अर्थ समितिको बैठकमा सांसदहरुले रेमीट्यान्सले मात्रै देश धान्न खोजेको भन्ने गुनासो पोखेका थिए । गर्भनर नेपालले भने रेमिट्यान्स अझैँ चालु आर्थिक वर्षमा निर्धारण गरिएको आर्थिक वृद्धि ८ प्रतिशत भन्दा नाघ्न पनि सक्ने बताएका छन् ।आफूहरुसँग रिपोर्टको प्रभावकारी कार्यान्वयन गर्ने स्पष्ट योजना रहेको र आर्थिक वृद्धि ८ प्रतिशत भन्दा नाघ्न पनि सक्ने अनुमान गर्न सकिने उनले बताएका छन ।
उनले रेमिट्यान्सले देश समृद्ध बन्दैन भन्नेमा राष्ट्रबैंक स्पष्ट रहेको भन्दै बाँकी ११६ वटै स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा खोल्ने र वित्तीय सेवा सुविधा पुर्याउने, कृषि व्यवसायलाई प्रोत्साहन गर्ने, कर्जामा लिइने र निक्षेपमा दिइने व्याजदरको अन्तर ४.४ प्रतिशतमा ल्याउने योजना रहेको समेत बताएका छन ।