बर्दिया, ५ भदौ –पश्चिम नेपालको पुरानो बजार राजापुर नगरपालिकामा बसोबास गर्दै आएका व्यक्तिहरुले स्थानीय बसोबास भएको ७५ वर्ष भैसक्दा पनि जग्गाधनी पूर्जा पाउनबाट वञ्चित भएका छन् ।
पूर्जा वितरण कायमै राख्न त्यससम्बन्धी समितिको म्याद थप्न उद्योग वाणिज्य संघ प्रतिनिधिमण्डलले भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीलाई ज्ञापनपत्र बुझाएको छ । तीन महिनाको म्याद थोरै भएका कारण जग्गाधनी पूर्जा प्राप्त गर्न नसकेकाले म्याद थप्न आग्रह गरिएको अध्यक्ष कृष्णकुमार रेग्मीले बताएका छन् । राजापुर नगरपालिकामा जग्गाधनी पूर्जा पाउनबाट २ सय असी जना वञ्चित छन् ।
पचहत्तर वर्षदेखि राजापुर नगरपालिकामा बस्दैआएका ४ सय अरतीस३८ घरमध्ये १ सय ५८ ले जग्गा धनीपूर्जा पाए पनि बाँकी २ सय ८० जनाले पाएका छैनन् । अधिकारसम्पन्न बहाल बिटौरी समितिले गत माघदेखि चैतमा जग्गा धनीपूर्जा वितरण गरेको थियो ।