प्रदेश २ कि भौतिक पूर्वाधार राज्यमन्त्रीको चटक,कहिले गाडी कहिले मान्छेको लावालस्कर

रौतहट ,०५ भदौ । प्रदेश २ कि भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झाले यसअघी फिल्ममा जस्तै आफ्नो पछाडि पचासौं गाडिको लावालस्कर लगाएर चर्चामा आएकी थिइन । उनी फेरी पुरै गाउँले लगेर नदीको निरिक्षण गर्न हिडेपछि विवादमा आएकी छन ।

दास्रो पटक पनि विवादमा आएपछि मन्त्री मन्त्री झाको दवाव र उट्पट्याङ गतिविधिले गर्दा कार्यकर्ता र स्थानीय प्रशासनलाई हैरान भएको गुनासो बढेको छ ।

पति अनिलकुमार झा सहित पुरै गाँउलेलाई साथमा लिएर प्रदेश २ की मन्त्री झा बागमती नदीको किनारमा पुगेकी छन् ।

उनले बागमती नदीको कटान हेर्न दलवलसहित सोमबार भ्रमण गरेकी छन् ।नदीको निरिक्षण गर्दै स्थानीय सरोकारवाला कार्यालयका प्रमुखहरूलाई नियन्त्रण गर्न निर्देशन समेत दिएकी छन् ।

Leave a Reply

Your email address will not be published.