चिनियाँ ऋणमा बनाउने भनिएको रेल परियोजना स्थगित !

काठमाण्डौँ,०५ भदौ । मलेसिया सरकारले चिनियाँ ऋणमा बनाउने भनिएको पूर्वी तटीय रेल लिंक र दुई ग्यास पाइपलाइन परियोजना रद्द गर्ने भएको छ । मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले देशमा भएको आर्थिक समस्याका कारण उक्त योजना अघि नबढ्ने बताएका छन् ।

चिनियाँ एक्जिम बैंक सँगको ऋण लगानीमा मलेसिया सरकारले २० बिलियन डलरको रेल लिंक र २ बिलियन डलरको ग्यास पाइप लाइन परियोजना तयार पारेको थियो ।

पाँच दिने चीन भ्रमणको अवसरमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री महाथिरले चीनले सहयोगका लागि दिएको सहमतिको उच्च कदर गर्दै उक्त योजना रद्द गर्ने घोषणा गरेका हुन् ।

महाथिरले आवश्यक परे क्षति पूर्तिसमेत तिर्ने भन्दै आफू उक्त परियोजना बाट बाहिर आउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.