दाङ,०५ भदौ – दाङमा ६० किलो अवैध लागूऔषध चरेशसहित ५ जना पक्राउ परेका छन ।
६० किलो अवैध लागूऔषध चरेशसहित पक्राउ परेका प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा धर्ती र ध्रुव जंगल बुढामाथी प्रहरीले कार्वाही अगाडी बढाइ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाबाट खटिएको प्रहरी टोलीले घर्ती र चन्दले बोकेको प्लाष्टिकको बोराबाट १० किलो चरेश बरामद गरेको र उनीहरुबाट प्राप्त सूचना अनुसार अमिलियाको जंगलमा ५० किलो चरेश लुकाएर राखेको खुलेपछि लमही–९ स्थित गोपी बुढाको मकैबारी नजिक झाडीमा ४ वटा बोरामा लुकाएर राखिएको ५० किलो चरेश बरामद गरीएको हो ।