विराटनगर,०५ भदौ । कुनै बेला घरघरका चुलामा पाइप लाइनबाट ग्यास पु¥याउने सपना देखेका प्रधानमन्त्री के.पी. शर्मा ओलीको सपना साङ्केतिक रुपमा भए पनि पूरा हुने भएको छ । प्रधानमन्त्रीले बोलेको यो विषय कुनै बेला हाँसोमजाक बनेको थियो ।
तर साङ्केतिक रुपमा भए पनि प्रधानमन्त्री के.पी. ओलीले आफ्नो सपनालाई वास्तविकतामा देखाउने अवसर पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सपनालाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पूरा गर्न लागिदिएको हो ।
विश्व बैंकको ८४ ला रुपैयाँ लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विराटनगर महानगरपालिका ( १४ मा स्थानीय गोसेवा सदनले सङ्कलन गरेको गाईको गोबरबाट बायोग्यास उत्पादन गरेको हो। यसरी उत्पादन गरिएको ग्यास स्थानीय जनताको घरमा पाइपबाट पु¥याइने भएको छ ।
पाइपमार्फत् घरघरमा ग्यास पु¥याइने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले आजै (भदौ ५ गते) उद्घाटन गर्ने भएका छन् ।
अभियानअन्तर्गत एक सयभन्दा बढी स्थानीयका घरघरमा पाइप बिछ्याएर ग्यास पु¥याइनेछ। त्यसबापत उपभोक्ताले एक सिलिन्डर बराबर ग्यासको ११ सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।