बकर ईदमा सार्वजनिक बिदा दिइने

काठमाण्डौँ,०५ भदौ – प्रदेश १ र २ मा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको छ । १ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको मन्त्री परिषद्को बैठकले बकर ईदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी एिका छन ।

यस अघि सोमबार बसेको प्रदेश २ को मन्त्रीपरिषद् बैठकले पर्वको अवसरमा बुधबार विदा दिने निर्णय गरेको हो । केन्द्र सरकारले भने यो समाचार तयार पार्दासम्म ईदमा सार्बजनिक बिदा दिने बारे केहि निर्णय गरेको छैन ।

यद्यपि प्रधानमन्त्री ओलीले विदा दिने आश्वासन दिएका थिए। यस अघि दिंदै आएको विदा कटौती भएको भन्दै बक्रइदमा सार्वजनिक विदा दिन राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले गत मंगलबार बिहान ज्ञापन पत्र बुझाएको थियो। सोहि क्रममा ओलीले विदा दिने बताएका छन ।

मुस्लिम समुदायले इदमा सार्वजनिक विदा नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन ।

Leave a Reply

Your email address will not be published.