विराटनगर,०५ भदौ –आफ्नै श्रीमानले जबरजस्ती करणी गरेको मुद्दामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
उदयपुरको रौतामाई गाउँपालिका २, नौले करकुसेका ४५ वर्षीय ‘दुर्गा’ भनिने दिपबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको हो। श्रीमतीले नै उनीविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन्।
उजुरीमा आफूलाई श्रीमानले जबरजस्ती करणी गरेको र नाबालिग छोरीलाई पनि यौन दुव्र्यवहार गरेको उल्लेख गरिएको छ । सोही उजुरीका आधारमा राउतलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।