यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं,०५ भदौ – मंगलबार रियाल, दिर्हाम, दिनार, मलेसियन रिंगिट लगायतका विदेशी मुद्राको सटही दर केही पैसाले घटेको छ ।

नेपाल राष्ट्र बैंकले मंगरबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७१ पैसा र बिक्रिदर २९ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रिदर ३० रुपैयाँ ५० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रिदर ९ रुपैयाँ ९८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर ३ सय ६९ रुपैयाँ १५ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ४३ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ०२ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published.