आजको दिन सन् १५४१ मा ओट्टोमन तुर्क सुल्तान सुलेमान द म्याग्निफ़िसेण्टले हंगेरीको राजधानी बुढापेष्ट कब्जा गरेका थिए । यो घटनापछि १५० बर्षसम्म केन्द्रिय हंगेरी तुर्कहरुको अधिनमा रहन पुगेको थियो ।

सन् १९११ अगष्ट २१मा लुभ्र संग्राहलयमा राखिएको मोनालिसाको चित्र त्यहींका एक कर्मचारी भिन्सेंजो पेरुग्गीय ले चोरेका थिए ।

सन् १९६७ मा २१ अगष्टकै दिन चीनले दक्षिण चीनमा दुइ अमेरिकी ए – ६ नामक बम्बर जेटहरु खसालेको थियो । दुइ मध्ये एक बिमानका दुवै पाइलटहरु मारिएका थिए भने दोश्रो बिमानको एक पाइलट जिम्मी बक्ली मारिएका थिए र अर्का पाइलट रोबर्ट फ्लिन पक्राउ परेर ५ बर्ष चिनियाँ जेल मा बिताए ।
