‘युइएफए वर्ष खेलाडी अवार्ड’का लागि तीन खेलाडी मनोनयन

काठमाडौं, ५ भदौ । युइएफए वर्ष खेलाडी अवार्डका लागि तिन खेलाडी मनोनयन परेका छन् । रियल मड्रिडका मिडफिल्डर मोड्रिक, युभेन्टसका नयाँ स्ट्राइकर रोनाल्डो र लिभरपुलका फरवार्ड साहल अन्तिम तीनमा परेका हुन् ।

उनीहरुलाई ८० प्रशिक्षक र ५५ पत्रकारको प्यानलले छनौट गरेको हो । गएको सिजन रियल मड्रिडलाई लगातार तेस्रोपटक युरोपियन च्याम्पियन बनाएका रोनाल्डो यो सिजन ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका हुन् ।

अन्तिम तीनमा परेकाबाट वर्ष खेलाडीको घोषणा हुनेछ । अगस्ट ३० अर्थात भदौ १४ गते मा मोनाकोमा हुने च्याम्पियन्स लिग फुटबलको समूह चरण ड्र को क्रममा वर्ष खेलाडीको घोषणा हुनेछ ।

Leave a Reply

Your email address will not be published.