सप्तकोशी फुटेको एक दशक पूराः डुबान क्षेत्रमा अन्न-बाली उब्जाउने काम हुुन सकेको छैन

काठमाडौं, ५ भदौ । सप्तकोशीको उच्चबाध फुटेको एक दशक वितेको छ । २०६५ भाद्र २ गते आएको बाढीका कारण सुनसरीका ७ हजार ५ सय ६३ घरपरिवार प्रभावित भएका थिए ।

डुबानमा परेको तीन हजार ६ सय बिघा जमिन अझै बाँझो कै अवस्थामा रहेको छ । कोशीमा आएको बाढीका कारण उर्वरभूमि खण्डहरमा परिणत भएको स्थानमा भर्खरै मात्र झार उम्रन सुरु भएको छ । झट्ट हेर्दा समुन्द्रको किनार वा मरुभूमि जस्तो देखिने कोशी डुबान क्षेत्रमा अन्न बाली उब्जाउनका लागि कुनै काम हुन सकेको छैन ।

दश वर्ष अगाडि सुनसरीकै सबैभन्दा उर्वर भूमि मानिएको सो स्थानमा सरकारले जग्गा लेवलिङ गरेर कृषियोग्य जमिन बनाउने बताए पनि बालुवा निकाल्ने कामसमेत हुन सकेको छैन । बाढी आएसँगै फैलिएको महामारीमा १ सय भन्दा बढीले ज्यान गुमाएका थिए भने ३ सय भन्दा बढी परिवार भारततर्फ विस्थापित भएका थिए ।

Leave a Reply

Your email address will not be published.