कालीमाटीमा बिचौलियाको दादागिरी: सरकार लाचार कि तरकारी माफिया शक्तिशाली ?

काठमाडौं, ५ भदौ । सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो । शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदश्यीय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखि कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिया लाग्दा रहेछन् कति मुल्य बढाइँदोरहेछ ?’

अनुगमन टोली कालीमाटी पुग्दा बाहिर जिल्लाबाट आएको सामान झार्ने काम भईरहेको थियो । टोलीले ना ४ च ६६३४ र बा ५ च ९६४ नम्बरको टाटा मोबाईल गाडीबाट झार्दै गरेको सामानको बीलबीजकलगायत कागजात माग्यो ।

तर उक्त सामानको कुनै पनि कागजात नभटिएपछि अनुगमन टोलीले प्रहरी प्रशासनको सहयोगमा उक्त गाडी नियन्त्रणमा लियो । त्यतिबेलासम्म बजारमा ठँलो संख्यामा तरकारी र फलफूल व्यवसायीहरु जम्मा भइसकेका थिए । अनुगमन टोलीसँग उनीहरुको बाझाबाझ शुरु भइसकेको थियो । टोलीले २ वटा गाडीको बाहेक अन्य गाडीमा चेकजाँच गर्नै सकेन ।

त्यसपछि अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अध्यक्ष, निर्देशक, व्यापारीहरुका प्रतिनिधि संस्थाका सदश्यसँग उक्त विषयमा छलफलमा व्यस्त भए । त्यतिबेलासम्म बाहिर ठँलै भीड र हल्लीखल्ली शुरु भइसकेको थियो, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

अनुगमन टोली, समितिका पदाधिकारी र व्यवसायीका प्रतिनिधिको छलफल चलिरहेको बेला कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडाले बाहिर ठँलो संख्यामा व्यवसायी जम्मा भएकाले अनुगमन टोलीलाई असुरक्षा हुनसक्छ भनेर सचेत गराए ।

हुन पनि त्यो बेला सम्म व्यवसायीहरुले कालीमाटी बजारको मुख्य गेट नै बन्द गरिसकेका थिए । त्यसपछि टोलीले तालुखवाला मन्त्रालय, प्रहरी प्रशासन, जिल्ला समन्वय समितिलगायतलाई आफुहरु असुरक्षित हुनसक्ने भन्दै सुरक्षाका विषयमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published.