रसुवागढी–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब लाग्ने अनुमान

काठमाडौं, ५ भदौ । केरुङ–काठमाडौं रेलमार्गअन्तर्गत पर्ने रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण गर्न कुल २ खर्ब ५७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता प्रतिवेदनले यस्तो अनुमान गरेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । प्रतिवेदनका आधारमा रेलमार्ग बनाउन प्रतिकिलोमिटर ३ अर्ब ३३ करोड रुपैयाँ लाग्ने देखिएको खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

प्रतिवेदनले रसुवागढी–काठमाडौं ७२।२५ किमि रेलमार्गमध्ये ९८ दशमलव ५ प्रतिशत पुल र सुरुङ रेलमार्गको हिस्सा हुने देखाएको छ । करिब ९ वर्षमा निर्माण सम्पन्न गर्न सकिने उक्त रेलमार्गका लागि वार्षिक २८ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.