भदौ ४, काठमाडौँ – इन्डोनेसियाको राजधानी जाकार्तामा भैरहेको १८औं एसियन खेलमा भाग लिन गएका चार जना जापानी बास्केटबल खेलाडी युनिफर्ममै रेड लाइट एरियामा भेटिए पछि निलम्बनमा परेका छन् । जापानिज ओलम्पिक कमिटि ( जे ओ सी )ले आज बताए अनुसार तिनीहरुको सदस्यता खारेज गरी बिहानै जापान फिर्ता पठाइएको समाचार जापानी समाचार पत्र ‘असाही सिम्बुन’को अनलाइन संस्करणमा प्रकाशित गरिएको छ ।
समाचारका अनुसार रेड लाइटमा फेला परेका खेलाडीहरू १६ अगष्टका दिन कतार सँग भएको मैत्रीपूर्ण म्याच लगत्तै बाहिर डिनर खान जाने भनी ओलम्पिक भिलेजबाट जापानी टिमको युनिफर्म लगाएर निस्केका थिए । उनीहरु जापानी मूलका मानिस बसोबास गरेको सडक बाट गुज्रदै गर्दा जापानी भाषी दलालले बोलाउँदै ग्राहक पर्खिरहेका यौन कर्मी हरु सामु लागेका थिए । त्यसपछि उनीहरु प्रत्येकले एक एक यौनकर्मी महिला च्यापेर होटलमा गए र भोलि पल्ट बिहान मात्रै उनिहरु ओलम्पिक भिलेज फर्केका थिए ।
जापानी प्रतिनिधि मण्डलका प्रमुख यासुहिरो यामाशिता ले एक पत्रकार सम्मेलनमा भने, ‘यो भन्नु पर्दा म अत्यन्त दुखी र लज्जित छु कि हाम्रो टिमका केहि एथलेटले हाम्रो दैनिक आचार संहिता को उल्लङ्घन गरेर हामि जापानी जनताको अपेक्षा लाइ निराश पारेको मा क्षमा प्राथी छौं ।’