रूस मात्र होइन, चीन, उत्तर कोरिया र इरानद्वारा समेत अमेरिकी चुनावमा हस्तक्षेप हुनसक्ने आशंका

अमेरिकी राष्ट्रपतिका सुरक्षा सल्लाहकार जोन बोल्टनले यसै वर्ष हुने ‘मिड टर्म इलेक्सन’मा रूस मात्र नभएर चीन, उत्तर कोरिया र इरानबाट समेत हस्तक्षेप हुन सक्ने चेतावनी दिएका छन् ।

ती हस्तक्षेप कुन आधारमा हुनेछन् भनी कुनै प्रमाण पेश गर्न नसकेपनि राष्ट्रपतिको सुरक्षा सल्लाहकारको यस्तो चेतावनीलाई गम्भीर मानिएको छ ।

बोल्टनले चेतावनी दिँदै भने ‘म दृढतापूर्वक के भन्न सक्छु भने उपरोक्त चारै देशबाट अमेरिकी मिड टर्म इलेक्सनमा हस्तक्षेप हुनेछ, हुन् हाम्रो देशको राष्ट्रिय सुरक्षाको लागि प्रत्यक्ष चासोको विषय बनेको छ र हामि त्यसको रोकथामको लागि सतत प्रयास गरिरहेका छौं ।’

उनी एबिसी टेलिभिजनमा हरेक आइतबार प्रसारण हुने ‘द वीक’ भन्ने कार्यक्रमका को-अर्डिनेटर राददात्जसँगको कुराकानीको अवसरमा उक्त कुरा बताएका हुन् । बोल्टनलाई राष्ट्रपति ट्रम्पको एउटा द्विविधायुक्त टवीटको सन्दर्भमा ‘चुनावमा हस्तक्षेप हुन सक्ने’बारे सोधिएको थियो ।

राष्ट्रपति ट्रम्पले आफ्नो विवादित टवीटमा उल्लेख गरेका छन्, ‘केही मूर्खहरू मस्को माथि मात्रै दोष थोपारीरहेका छन्, जबकी बेइजिंग समेतले विगतमा हाम्रो इलेक्सन सिस्टममा हस्तक्षेप गरेको छ ।’

मैले के देखें र के देखिन त्यो म तिमीलाई भन्न सक्दिन तर २०१८को चुनावको सन्दर्भमा यी चार देशहरूमा हाम्रो गहिरो आशंका छ, बोल्टनले थपेका छन् ।  

Leave a Reply

Your email address will not be published.