एक जना अज्ञात बन्दुक धारी ले गुडीरहेको कारबाट अन्धाधुन्ध गोलि प्रहार गर्दा अङ्कारास्थित अमेरिकी दुताबासका झ्यालहरु टुटेका छन् तर कोहि पनि घाइते नभएको एजेन्सी हरुले जनाएका छन् । प्रहरीहरु शंकास्पद बन्दुकधारी को खोजि मा छन् ।
स्थानीय समय अनुसार बिहानको ५ बजे यो घटना भएको थियो । बन्दुकधारीहरु सेतो कारमा आएका थिए । तर कारको नम्बर यकिन हुनु अघि नै कार निकै टाढा पुगिसकेको थियो । कमसेकम ५ या ६ गोलि चलेको कुरा दुताबास का ६ नम्बर गेट मा बस्ने सुरक्षा अधिकारिहरुको क्याबिनबाट सुनिएको स्थानीय संचार माध्यम हरुले बताएका छन् ।
घटनास्थल वरिपरी भारि मात्रामा सुरक्षाकर्मीहरु तैनाथ गरिएका छन् र शंकास्पद व्यक्ति र आक्रमणमा प्रयोग भएको कारको ब्यापक खोजि भैरहेको छ । यो घटना नाटो संगठन , अमेरिका र टर्की बीचको सम्बन्ध धमिलिदै गएको अवस्थामा भएको छ ।
एक जना अमेरिकी पास्चर एन्ड्रयु ब्रुन्सनलाइ सन् २०१६ मा टर्कीमा भएको एर्दोगान सरकारलाइ अपदस्थ गर्न भएको सैनिक बिद्रोहमा सहयोग गरेको आरोप मा गिरफ्तार गरिएको छ । यो आरोप प्रमाणित भएमा एन्ड्रयु लाइ ३५ बर्ष सम्म को जेल सजाय हुन सक्नेछ । टर्कीको यस क्रियाकलाप बाट रिसाएर अमेरिका ले टर्की माथि नाकाबन्दी लगाएको छ ।