काठमाण्डौँ,०४ भदौ – लागु गरिएको चार दिन नबित्दै मुलुकी संहिताबिरुद्ध सर्वोच्चमा रिट दायीर भएको छ । भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताको देश व्यापी रुपमा विरोध भैरहेको छ ।यसै बिच केही व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता समेत भएको छ।
मुलुकी संहिताका केही व्यवस्था खारेजीको माग गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटमा ८ देवानी र फौजदारी संहिताको केही बुँदा संविधानसँग बाझिएको जनाएको छ । अनुमतिबिना फोटो खिच्न नपाउने, भिख माग्न नपाउने, डाक्टरहरुले उपचार गर्दा बिरामीको मृत्यु भएमा सजाय गर्ने लगायतका व्यवस्था संविधानसँग बाझिएकाले खारेज हुनुपर्ने माग गरिएको छ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय संसद् लगायतका विपक्षी बनाइएको छ।