कंचनपुर,०४ भदौ – कंचनपुरको भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्त २५ दिन पछि पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले जनाए अनुसार स्थानीय दिलिपसिंह बिष्टलाई प्रहरीले पक्राउ गरेको हो।
अभियुक्तलाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइए पछि उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्।े
साउन १० गते हराएकी पन्तको ११ गते शव भेटिएको थियो। पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि नै हत्या भएको पुष्टि भइसकेको छ।
अदालतबाट थुनामा राख्न म्याद लिएपछि आजै सार्वजनिक गर्ने प्रहरी तयारी छ। अनुसन्धानका अनुसार बिष्ट पहिला पनि अपराधमा जेल परेर छुटेका व्यक्ति हुन्।