नेप्से ८ अंकले ओरालो


काठमाण्डोँ,०४ भदौ – आइतबार न्युन रहेको नेप्से परिसूचक सोमबार पनि घटेको छ । कारोबार भएकामा अधिकांश कम्पनीको शेयरको भाउ घटेपछि आइतबार १४ अंकले घटेको नेप्से सोमबार फेरि ८ दशमलव २२ अंकले घटेको हो ।

नेप्से ११ सय ८८ दशमलव ०७ अंकमा पुगेको छ । कारोबार भएका आज उत्पादनमुलक समूहको उपसूचक सामान्य बढे पनि अरु ९ वटा उपसमूह घटेपछि समग्रमा नेप्से पनि घटेको हो । नेप्सेसँगै सोमबार कारोबार रकम पनि १० करोडले घटेको छ ।

सोमबार साढे २२ करोड रुपैयाँ बराबरका ६ लाख कित्ता शेयर किनबेच भए । सोमबार सिन्धु विकास बैंकका शेयर धनीले १० प्रतिशत गुमाएका छन् । नेप्से घटे पनि सोमबार वल्र्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सका शेयरधनीले साढे ५ प्रतिशत कमाएका छन् ।

Leave a Reply

Your email address will not be published.