टिपरको ठक्करबाट एक जनाको मृत्यु

रामेछाप,०४ भदौ – टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ की ५५ वर्ष सूर्यमाया तामाङलाई विपरित दिशाबाट आउँदै गरेको बा १ क ७७५४ नम्बरको टिपरले ठक्कर दिँदा सोमबार महिलाको घटनास्थलमै ज्यान गएको हो ।

सूर्यमाया सहकारीमा पैसा बचत गरेर घर फर्कंने क्रममा टिपरले सडकमा ठक्कर दिएको हो । टिपर लिखु ३ हाइडेपावरको काममा निमार्ण सामाग्रीहरु बोक्नको लागि प्रयोग गरिँदै आएको थियो ।

घटनापछि प्रहरीले टिपर चालक उमेश पाण्डेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.