काठमाडौंमा नेपाल क्योकुशिन कराते प्रतियोगिता आयोजना हुने

काठमाडौं । सशस्त्र प्रहरीका संस्थापक तथा प्रथम महानिरिक्षक दिवंगत कृष्णमोहन श्रेष्ठ र दिवंगत नुडुप श्रेष्ठको २१ औं वार्षिकीको दिन १५औं खुला फुल कन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता आयोजना हुने भएको छ ।

इन्टरनेशनल क्योकुशिनकाई युनियन नेपाल केन्द्रीय डोजो ठमेलको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी अशोज ६ गते शनिवार हुने भएको हो ।

प्रतियोगिता काठमाडौंको लैनचौर स्थित टिटि इन्डोर कभर्ड हलमा हुनेछ । उक्त प्रतियोगिताको आयोजनाबाट क्योकुशिन कराते खेलाडीहरुमा नयाँ उत्साह पैदा हुने आशा आफुहरुले गरेको युनियनका अध्यक्ष तथा ब्रान्च चिफ सूर्यबहादुर लामाले बताउनु भएको छ ।
प्रतियोगितामा काठमाडौं उपत्यका र मोफसलका खेलाडीहरु तथा देशभरिका खेलप्रेमीहरुको उत्साहजनक उपस्थिती हुने प्रतियोगिताका संयोजक पंकज सिंहले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.