प्रहरीले ७ दिन माग गरे पनि प्रकाण्ड तीन दिन मात्रै थुनामा राखीने

काठमाडौँ, ३ भदौ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मालाई अब थप ३ दिन थुनामा राख्न काभ्रे जिल्ला अदालतले आदेश दिएको छ ।

प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरे पनि अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानका लागि समय लिन आइतबार अदालत पेश गरेको थियो ।

सर्वोच्च अदालतको आदेशमा छुटेलगत्तै उनी शुक्रबार पक्राउ परेका थिए । आगजनी मुद्दामा पक्राउ परेका नेकपाका पोलिटब्युरो सदस्य कृष्ण धमला ९गम्भीर० र मोहन कार्की ९जीवन्त० समेतलाई प्रतिवादी बनाएर संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले प्रकाण्डलाई पनि सोही मुद्दामा मुछेको हो ।

काभ्रे जिल्ला अदालतले बिश्वकर्माविरुद्ध गत जेठमा वारेन्ट जारी गरेको थियो । काठमाडौं प्रहरीले चन्दा असुलेको आरोपमा गत साता उनलाई पक्राउ गरेकोमा सर्वौच्च अदालते शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा छाड्ने आदेश दिएको थियो ।

कांग्रेस नेता लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत बैशाख १ गते नेकपाका कार्यकर्ताहरुले आगजनी गरेका थिए । आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको थियो ।

आगलागीमा झन्डै १० करोडको क्षती पुगेको पीडितको दाबी छ । प्रकाण्डकै नेतृत्वमा आगजनी भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो ।तर ठोस रुपमा प्रमाण नभेट्टीएकोले प्रकाण्ड माथी अनुसन्धान थालिएको हो ।

Leave a Reply

Your email address will not be published.