सरकारलाई सांसदहरुको आरोप:कर वृद्धि गरेर जनताको ढाँड सेक्ने काम गर्यौ

काठमाडौँ, ४ भदौ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरिएकामा आपत्ति जनाएका छन् । स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भए पनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरेको उनीहरुको गुनासो रहेको छ।

करका विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पष्ट निर्देशन दिन सांसदहरूले सरकारसंग आग्रह गरेका छन् । जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमा समेत कर लगाएर सङ्घीय शासन प्रणालीमा नै आँच आउने काम नगराउन उनीहरुले सदन र सरकारको ध्यानकर्षण पनि गराएका छन् ।रासस

Leave a Reply

Your email address will not be published.