आफ्नै भाइले चलाएको गोली लागेर दाइको मृत्यु

संखुवासभा,०४ भदौ – शिकारीले मृगलाई हान्न खोजेको गोलीले लागेर एकजना युवकको ज्यान गएको छ ।
संखुवासभामा आइतबार राती शिकार खेल्न गएका २१ वर्षीय मादी नगरपालिका(८ मावादिनका रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर २५ वर्षीय आफ्नै दाइ हस्तबहादुर तामाङको मृत्यु भएको हो ।

मृतक हस्तबहादुर, उनका भाइ रत्नबहादुर र सोही ठाउँका २२ वर्षीय कृष्णबहादुर तामाङ फाबिङको सिरान रक्टे जंगलमा आइतबार राति शिकार खेल्न गएका थिए ।

रत्नबहादुरले मृगलार्इ चलाएको गोली हस्तबहादुरको निधारमुनी लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि रत्नबहादुर र कृष्णबहादुर दुर्इ थान भरुवा बन्दुक,, ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको १० वटा टुक्रा, २ थान खुकुरी र एकथान टर्चलाइटसहित प्रहरी चौकी मादीरामबेनीमा सम्पर्कमा आएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.