गौ हत्याको विरोधमा काठमाडौंमा राप्रपाको विरोधसभा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौ हत्याको विरोधमा आज काठमाडौंमा प्रदर्शन गर्ने गरिरहेको छ । गौ हत्याको विरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजी लगायतको माग राखेर काठमाडौंमा प्रदर्शन गरेको हो ।

राप्रपाले गौ हत्या बढे पछि बिरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनका कारण काठमाडौंको सडक जाम तथा अस्तब्यस्त भएको छ ।

आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.