काठमाण्डौँ,०४ भदौ – नायिका रेखा थापाको निर्माण तथा निर्देशनमा तयार चलचित्र ‘मालिका’को शिर्ष गीत सार्वजनिक भएको छ । आस्था राउतको स्वर, सुरेश अधिकारीको शब्द तथा संगीत रहेको ‘सर सर’ बोलको गीत रिलीज भएको छ ।
कमजोर र सशक्त नारीका २ अवतार भिडियोमा हेर्न सकिन्छ । नर कार्की कार्यकारी निर्माता रहेको यो चलचित्रलाई सरस्वती थापाले निर्माण गरेकी हुन् । नर कार्की र रेखा थापाको कथा रहेको चलचित्रमा शिवम् अधिकारीको पटकथा, बनिष शाहको सम्पादन रहेको छ ।