मुरलीधर नेपाली चलचित्र उद्योग र बलिउडका लागि नामचीन व्यक्तित्व हुन् । उनले नेपाली चलचित्र सम्झना, साइनो, पृथ्वी, भैरव तथा बलिउडमा मै आजाद हूँ, कसम पैदा करने वाले कि, मिस्टर इन्डिया, गंगाधाम, भीमा, भवानी जस्ता सुपरहिट चलचित्रमा अभिनय गरेका छन् ।
सिराहाका स्थायी बासिन्दा उनी हाल मुम्बइ चलचित्र नगरीमा बस्छन् । उनले लेखन, निर्देशन र अभिनय गरेको मैथिली चलचित्र सस्ता जिनगी, महग सेनुर, आउ पिया हमर नगरी तथा सजनाके अगनामे सोलह सिंगार सुपर–डुपर हिट भएका थिए ।
अभिनयका साथसाथै गीत लेखक र गायनमा पनि उत्तिकै सिद्धहस्त मुरलीधरले करिब १५ सय वटा गीत पनि गाएका छन् भने उनको ‘उडायो सपना सबै हुरीले’ तथा ‘यो नजरको बयान म गरुँ कसरी’ गीत कालजयी गीत हुन् । नेपाल, भुटान, अजरवैजान लगायतमा एकल शास्त्रीय गायनको यात्रा गरिसकेका मुरलीधर आफ्नो खास रुची नै शास्त्रीय गायन रहेको बताए ।
लामो समयदेखि मुम्बइ बसेर थुप्रै चलचित्रमा अभिनय गरिसकेका मुरलीधरले एकाएक बलिउड चलचित्र खेल्न छोडिदिए । आखिर नाम, दाम र शोहरत दिलाउने बलिउड चलचित्रमा अभिनय गर्न उनले किन छोडे ? यस्तै थुप्रै जिज्ञाशाका उत्तर दिएका छन् कलाकार मुरलीधरले ।
प्रस्तुत छ मुरलीधर सँग काठमाडौं आएको मौकामा उनले नै निर्दिष्ठ गरेको स्थानमा जनदिशाडटकमका कार्यकारी सम्पादक योगेश खपांगीले गरेको मिठो कुराकानी (भिडियो) ।