काठमाडौँ, ४ भदौ – हिउँदका समयमा प्राय प्रदूषित हुने वाग्मती सफा गर्नका लागि वर्षादको पानी जमाउने उद्देश्यले ड्याम निर्माण गर्न थालिएको छ । उपत्यकाको सभ्यताको स्रोतको रुपमा रहेको उक्त नदीमा बग्ने ढल रोकी स्वच्छ पानी बगाउने उद्देश्यले ड्याम निर्माण गर्न थालिएको हो ।
उपत्यकामा धेरै घर बनेकाले जमीनबाट वाग्मतीमा पानी पुनःभरण हुँदैन । ‘जापान वाटर एजेन्सी’लगायत संस्थाले वाग्मतीको अध्ययन गरी धापमा ड्याम निर्माण गर्नसके वर्षादमा साढे आठ लाख घनमिटर पानी जम्मा गर्न सकिने प्रतिवेदन दिइएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सिँचाइ एकाइ प्रमुख आशिषभद्र खनालले बताए ।
गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा वर्षाको पानी जमाउनका लागि रुख काट्ने अनुमति लिन समय लागेकाले २०७४ वैशाखदेखि मात्र काम शुरु भएको थियो ।