कठमाण्डौँ,०४ भदौ – आज भएको प्रतिस्पर्धामा ९.१७ अंकका साथ निमा घर्ती मगरले नेपाली उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।इन्डोनेसियाको जकार्तामा जारी एसियन गेम्समा नेपाली खेलाडी बनाएको यो पहिलो किर्तिमान हो ।
दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता निमाले हिजो नानक्वानमा निराशाजनक प्रदर्शन गरेकी थिइन् । तर आज भने उनले नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी पनि १२ खेलाडी मध्ये एघारौँ स्थानमा रहिन् ।
यता पौडीमा सागकी पदक विजेता खेलाडी गौरीका सिंह हिट चरणबाट नै बाहिरीएकी छिन । महिला १०० मिटर फ्रिस्टालमा दोस्रो हिटमा रहेकी गौरीका छैटौं स्थानमा रहिन । उनले निर्धारीत दुरी १ मिनेट ८२ मिलिसेकेण्डमा पूरा गरिन् ।
यही विधा अन्तर्गत अर्की पौडीवाज टिसा शाक्य पनि हिट चरणबाट नै बाहिरीएकी छिन । चौथो हिटमा प्रतिस्पर्धा गरेकी उनी पुछारमा रहित । उनले दुरी एक मिनेट ३।९६ सेकेण्डमा पुरा गरिन् ।
एसियाडमा नेपालले आज पदकको आशा गरिएको प्याराग्लाईडिङमा प्रतिस्पर्धा गर्दैछ ।