देशै भर करको विरोध भैरहेको बेला ‘करमुक्त नगरपालिका’को घोषणा

जनकपुरधाम,०४ भदौ स्थानिय निकायले बढाएको करको देशैभरी विरोध भैरहेको छ । यसै बेला प्रदेश नम्बर २ रौतहट जिल्लाको परोहा नगरपालिकाले जनताको चासो र चिन्ता संबोधन गर्दै जनताले कुनै पनि कर नलिने घोषणा गरेको हो ।

नगरपालिकाका मेयर मोहम्मद शेख वकिलले नगरपालिकाले सेवा शुल्क बापत लिने कुनैपनी कर नलिने जनाए पछि परोहा नगरपालिका करमुक्त नगरपालिकाको रुपमा घोषण भएको बताएका छन ।

वकिलले आम आजैबाट जनताले सामान्यरूपमा तिर्नुपर्ने सबैखाले करहरु मिनाहा गरिएको र उक्त नियम कडाईका साथ लागर्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published.