किशोरीको हत्या

बैतडी ४, भदौ – दार्चुलामा एक किशोरीको हत्या भएको छ। नौगाड गाउँपालिका ६ नौगाडखोलामा अन्दाजी १७ वर्षीया किशोरीको शव फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए।

स्थानीयले खोलामा किशोरीको शव देखेपछी प्रहरीलाई खबर गरेको र त्यसपश्चात आईतवार राती प्रहरीको टोली घटनास्थल पुगेको थियो। शव सड्न लागेको अवस्थामा छ प्रहरी निरीक्षक बोगटीले भने ‘टाउकोमा चोट र फुटेको, कपाल झरेको, शव चिन्न नसकिने अवस्थामा रहेको छ।’ शवको प्रकृति हेर्दा एक हप्ता अगाडी मृत्यु भएको हुनसक्ने उनले बताए। अहिले शवलाई गोकुलेश्वर अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.